Oct 28 2026 | २०८३, कात्तिक १२ गते

बुधबार, कात्तिक १२ २०८३

सबैभन्दा कान्छा ‘सेल्फमेड बिलिनियर’ बने युट्युबर मिस्टरबिस्ट

सबैभन्दा कान्छा ‘सेल्फमेड बिलिनियर’ बने युट्युबर मिस्टरबिस्ट

रंगीन पाना
मंगलबार, जेठ १४ २०८२
रंगीन पाना
मंगलबार, जेठ १४ २०८२
    • जिमी डोनाल्डसनले २७ वर्षको उमेरमा १ अर्ब डलर सम्पत्ति कमाएर सबैभन्दा कान्छा ‘सेल्फमेड बिलिनियर’ बने। उनले भाइरल भिडियो, मिस्टरबिस्ट बर्गर र फिस्टेबल्स जस्ता व्यवसायबाट प्रभावशाली आम्दानी गरे।उनी आफ्नो जीवनकालमा धेरै दान गर्ने वाचा गर्दै आएका छन्।

    युट्युबमा सबैभन्दा धेरै पछ्याइएका सेलिब्रेटी मिस्टरबिस्ट २७ वर्षकै उमेरमा अर्बपति बनेका छन् । सेलिब्रेटी नेटवर्थका अनुसार उनी सबैभन्दा कान्छा ‘सेल्फमेड बिलिनियर’ बने ।

    उनले १ अर्ब डलरको सम्पत्ति कमाएका छन् । उनी भाइरल भिडियो, मिस्टरबिस्ट बर्गर र फिस्टेबल्स जस्ता व्यावसायिक उद्यम तथा प्रमुख परोपकारी कार्यका लागि परिचित छन् ।

    मिस्टरबिस्टले भाइरल भिडियोबाहेक अन्य क्षेत्रबाट पनि प्रभावशाली आम्दानी गरिरहेका छन् । सन् २०२० मा, उनले मिस्टरबिस्ट बर्गर सुरु गरे, जुन डेलिभरी फास्ट(फूड चेन थियो जसले आफ्नो प्रसिद्धीको चरमचुलीमा प्रतिमहिना २।३ मिलियन डलर आम्दानी गर्ने जनाइएको छ ।

    उनले फेस्टेबल्स नामक चकलेट कम्पनीको पनि स्थापना गरे जसले सुरुवाती महिनाहरूमा १० मिलियन डलरभन्दा बढी आम्दानी गर्‍यो । मिस्टरबिस्टले क्रिएटिभ जुससँग मिलेर जुस फन्ड्सको सह(स्थापना पनि गरे, जसले बढ्दो कन्टेन्ट क्रिएटर्सको लागि २ लाख ५० हजार डलरसम्मको कोष प्रदान गर्दछ ।

    मिस्टरबिस्टले आफू बित्नुअघि सबै पैसा दान गर्ने बारम्बार वाचा गरेका छन्, र यसलाई आफ्नो जीवनको लक्ष्य ‘धेरै पैसा कमाउने, र त्यसपछि सकेसम्म धेरै राम्रो गर्दै सबै दान गर्ने’ बताएका छन् ।

    उनले ब्रेकआउट क्रिएटर, युट्युबर अफ द इयर ९२०२०० जस्ता अवार्ड जितेका छन् र सन् २०१९ मा सर्टी अवाड्र्समा भ्लगर अफ द इयरको रूपमा मनोनित भएका थिए ।

    जिमी डोनाल्डसनको जन्म मे ७, १९९८ मा उत्तरी क्यारोलिनाको ग्रिनभिलमा भएको थियो । उनले १२ वर्षको उमेरमा ‘मिस्टरबिस्ट६०००’ नामक युट्युब ह्याण्डलबाट करिअर थालेका थिए । ग्रिनभिल क्रिश्चियन एकेडेमीबाट स्नातक गरेपछि, उनले पूर्ण समय सामग्री सिर्जना गर्ने निर्णय गरे, आफ्नो बढ्दो अनलाइन उपस्थितिमा ध्यान केन्द्रित गर्न कलेज छोड्ने निर्णय गरे ।

    उनले मिस्टरबिस्ट, बिस्ट रियाक्ट्स, मिस्टरबिस्ट गेमिङ, मिस्टरबिस्ट फिलान्थ्रोपीसहित धेरै युट्युब च्यानल संचालन गरिरहेका छन् । यी सबै युट्युब च्यानललाई सामूहिकरुपमा ४१ करोड ५० लाख भन्दा धेरैले सब्सक्राइब गरेका छन् । उनको मुख्य च्यानलमा मात्र २७ करोड सदस्य छन् । यो च्यानल विश्वमै सर्वाधिक पछ्याइने च्यानल हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ranginpana.com | Site By : Creative Ideas